विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी । भर्चुअल विधिबाट साविक वामी गाविसका विद्यालयका
वामी बिश्व सम्पर्क मंच, अन्तररास्ट्रिय समन्वय समितिको आयोजनामा र समितिका अध्यक्ष प्रा।डा। ईश्वरी प्रसाद पाण्डेयको प्रायोजनमा गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा न ७ र ८ साबिकको वामी गा बि सका सामुदायिक माध्यमिक तथा प्राथमिक बिध्यालयका शिक्षकहरुको लागि तालिम आयोजना गरिएको समितिले जनाएको छ ।
‘उत्प्रेरणात्मक शिक्षण सिप तथा बर्तमान अवस्थामा शिक्षणमा सुचना प्रबिधिको प्रयोग’ बिषयक दुई दिवसीय भर्चुअल प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
यही जेठ २२ गते शनिबार र २३ गते आइतबार नेपाली समय अनुसार साझको ८ बजेदेखि १० बजेसम्म दैनिक २ घन्टाका दरले संचालन गरिएको कार्यक्रमा ७० जना प्रशिक्षार्थी सहभागी भएको समितिका महासचिब रोमकान्त सापकोटाले नबखबरलाई जानकारी दिनुभयो ।

उक्त प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रबिधिमैत्री शिक्षक समाज, नेपालका सदस्य प्रभात सुबेदीले अत्यंतै रोचक र कुशल ढंगले उत्प्रेरणात्मक तथा शिक्षणमा प्रबिधि प्रयोग सम्बनधमा शिक्षकहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।
समयानुकुल शिक्षण क्षेत्र प्रविधिमैत्री हुनुपर्ने र विश्व बजारमा काम लाग्ने खालको व्यवहारमुलक शिक्षा आजको आवश्यता रहेकोले शिक्षकहरुलाई यस प्रशिक्षणले सिकाइ सहजिकरणमा सहयोग पुग्ने भन्दै कार्यक्रमको सफलताको लागि प्रा। डा। जीवलाल सापकोटा, प्रा। डा। ज्ञान बहादुर थापा र प्रा। डा। तारा प्रसाद सापकोटाले मन्तब्य संगै शुभकामना दिनु भएको थियो।
सहभागी शिक्षकहरुमध्यबाट वामी विश्व सम्पर्क मंच मुल समितिका सचिव समेत रहनुभएका महेन्द्र आदर्श नमुना मा वि का शिक्षक रामचन्द्र सापकोटा र समितिका कोषाध्यक्ष समेत रहनुभएका महेश घिमिरेले यो कार्यक्रमबाट शिक्षकहरुको लागि धेरै लाभ भएको टिप्पणी गर्नु भएको थियो भने प्रधानाध्यापकद्वय ज्ञानहरी सापकोटा र देबीराम शर्माले यस खालको प्रशिक्षणले बिध्यालयका शिक्षकहरुलाई शिक्षणमा प्रबिधिको प्रयोग गर्न धेरै उपयोगी सिकाई भएको र आगामी दिनहरुमा पनि यस्ता शिक्षकमुखी कार्यक्रम स्वागतयोग्य भएको बताउनु भयो।
यसै क्रममा प्रबिधिमैत्री समाजका अध्यक्ष भुपती बस्यालले शिक्षकहरुलाई प्रशिक्षित गर्ने जुनसुकै कार्यक्रम लिएर आउनको लागि समाज तयार रहेको बताउनु भएको थियो । प्रशिक्षक प्रभात सुबेदीले निकै प्रभावकारी रुपमा शिक्षकहरुलाई प्रशिक्षित गर्नुभएको ठहर सम्पूर्ण सहभागी शिक्षकहरुको रहेको थियो।
वामिमा जन्मेर, हुर्केर देश तथा बिदेशका बिभिन्न ठाउँमा रहनु हुने वामेली मनहरुले आयोजना गरेको यो कार्यक्रम निकै प्रशंसनिय रहेको सहभागी शिक्षकहरूको ठहर छ।
प्रशिक्षण कार्यक्रममा राम केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम वामी बिश्व सम्पर्क मंच, अन्तररास्ट्रिय समन्वय समितिका अध्यक्ष प्रा। डा। ईश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा भएको दुई दिने प्रशिक्षण कार्यक्रमको संचालन समितिका महासचिब श्री रोमकान्त सापकोटाले गर्नुभएको थियो।


