प्रधानमन्त्री ओलीलाइ लिखित जवाफ दिने तयारीमा नेता नेपाल

काठमाडौं । समेत रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे प्रस्तावसहितको आह्वानको जवाफ नेता माधवकुमार नेपाल पक्षले लिखित रुपमै दिनुहुने भएको छ ।

सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिनुभयो ।‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले आइतवार साँझ एक बक्तब्य निकाल्दै पार्टीलाई जेठ ३ को अवस्थाबाट सञ्चालन गर्ने भन्दै एकता प्रक्रियामा आउन आह्वान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय