प्रचण्ड र माधव नेपालबीच वार्ता के का लागी  ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

कोटेश्वरस्थित एक व्यवसायीको घरमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् ।

छलफलको क्रममा विपक्षी गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको छ । यसैविषयमा केही बेरमा नेपाल पक्षको स्थायी कमिटि बैठकले छलफल गर्दै छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित गरेको एकताको आह्वानबारे आधिकारिक धाारणा बनाउन नेता माधव कुमार नेपालले आफूपक्षीय स्थायी कमिटि बैठक बोलाएका हुन् । सोमबार भर्चुअल रूपमा स्थायी कमिटि सदस्यहरुले छलफल गर्न भएका हुन् ।

‘ओलीले राखेका प्रस्तावबारे आज छलफल गर्दैछौं। समय तय भइसकेको छैन। भर्चुअल रूपमा स्थायी कमिटी बैठक बस्छ,’ नेपाल पक्षका एक नेताले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय