कोरोना संक्रमणका कारण बागलुङमा  थप एक जनाको मृत्यु,

बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ९ मा होम आइशोलेसनमा बस्दै आएकी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार उनको आइतबार दिउसो मृत्यु भएको हो । उनलाई जेठ १४ गते एन्टिजेन्ट मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । जिल्लामा कोरोना संक्रमणको दर नघटेपछि जेठ मसान्तसम्म लकडाउन जारी गरिएको छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय