मंगलबार मुसिकोटका सबै स्वास्थ्य चौकिहरुमा कोरोना विरुद्धको खोप संचालन हुँदै

भुवन काफले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकिहरुमा २०७८ जेठ २५ गते मंगकबार कोभिड बिरुद्धको खोप अभियान संचालन हुने भएको छ ।

मुसिकोट नगरपालिकाले मिति २०७८ जेठ २३ गते आईतबार प्रकाशित गरेको सुचना अनुसार नेपाल सरकारबाट उपलब्ध गराउने भेरोसिल खोप अभियाम यहि मिति २०७८ जेठ २५ गते मंगलबार मुसिकोट नगरपालिकामा रहेका सबै स्वास्थ्य चौकिहरुमा संचालन हुने भएको हो ।

नेपाल सरकारबाट उपलब्ध हुने यस खोप अभियानमा ६२ देखि ६४ बर्ष समुहका ब्याक्तिहरु र कोभिसिल भ्याक्सिन अभियानको पहिलो मात्रा छुट भएका स्वास्थ्यकर्मिहरुको लागि सेबा प्रदान गरिने भएको छ ।

यस खोप अभियानमा सहभागी भई सेवा लिनका लागि सम्बन्धित ब्याक्तिहरुले आफ्नो उमेर खुल्ने परिचय पत्र अनिबार्य साथमा लिएर जानु पर्ने छ ।

मुसिकोट नगरपालिकाबाट प्रकाशित उक्त सुचनाअनुसार खोप अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्नका लागि महिला स्वास्थ्य स्वयंसेबिका परिचालन गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय