शनिवार मुसिकोटमा थप ९ जना कोरोना संक्रमण मुक्त

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज एकै दिन थप ९ जना संक्रमितहरू कोरोना सक्रंमण मुक्त भएका छन ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हिजो जेठ २१ गते सम्म मुसिकोट नगरपालिकामा कुल २५९ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल २५९ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, १५५ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ९८ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

संकास्पद लक्षण देखिएका केही विरामीहरूको आज पनि वामीटक्सार स्वास्थ्य चौकी, वडागाउँ स्वास्थ्यचॏकीमा एन्टिजेन परिक्षण गर्ने कार्य चलिरहेको वताइएको छ ।

यो पनि पढ्नुहोस्
छोराको जन्मदिनमा महाशर्मा काफ्ले दम्पतिद्वारा अक्सिजन अभियानमा सहयोग

मुसिकोट,गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका-७ काफल्टोला निवासी महाशर्मा काफ्लेले सामुदायिक रेडियो पुष्पान्जलीको अक्सिजन तथा स्वास्थ्य सामग्री व्यवस्थापन अभियानमा सहयोग प्रदान गर्नुभएको छ ।

आफ्ना छोरा आयोग काफ्लेको जन्मदिनको अवसर पारेर काफ्लेले अभियानमा रु ५,५५५.- प्रदान् गर्नु भएको हो ।

रोजगारीको शिलशिलामा हाल जापानमा कार्यरत महाशर्मा काफ्ले र उहाकी धर्मपत्नी भगवती काफ्लेले वामी आसपासमा हुने सामाजिक क्रियाकलापमा खुलेर सहयोग गर्दै आउनुभएको छ ।

“आफ्नो परिवारको भविष्य उज्जवल बनाउन रातदिन पसिना बेचेर कमाएको पैसा,आफ्नै गास काटेर भएपनि सामाजिक क्रियाकलापमा सहयोग गर्न पाउदा एकदमै खुशी लाग्छ,तर इच्छा हुदाहुदै पनि ठुलो मात्रामा सहयोग गर्न नसक्दा भने मन खिन्न हुन्छ” काफ्लेले भन्नु भयो ।

यसरि सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक रेडियोले यस प्रकारको अभियान को प्रारम्भ गर्नु अत्यन्तै पुण्यको काम भएको र आगामी दिनमा रेडियोले संचालन गर्ने कुनै प्रकारका अभियानमा आफुले सक्दो सहयोग गर्ने पनि काफ्लेले प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय