महाशर्मा दम्पतिद्वारा छोराको जन्मदिनमा अक्सिजन अभियानलाइ सहयोग

विवेक काफ्ले । मुसिकोट,गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका-७ काफल्टोला निवासी महाशर्मा काफ्लेले सामुदायिक रेडियो पुष्पान्जलीको अक्सिजन तथा स्वास्थ्य सामग्री व्यवस्थापन अभियानमा सहयोग प्रदान गर्नुभएको छ ।

आफ्ना छोरा आयोग काफ्लेको जन्मदिनको अवसर पारेर काफ्लेले अभियानमा रु ५,५५५.- प्रदान् गर्नु भएको हो । रोजगारीको शिलशिलामा हाल जापानमा कार्यरत महाशर्मा काफ्ले र उहाकी धर्मपत्नी भगवती काफ्लेले वामी आसपासमा हुने सामाजिक क्रियाकलापमा खुलेर सहयोग गर्दै आउनुभएको छ ।

“आफ्नो परिवारको भविष्य उज्जवल बनाउन रातदिन पसिना बेचेर कमाएको पैसा,आफ्नै गास काटेर भएपनि सामाजिक क्रियाकलापमा सहयोग गर्न पाउदा एकदमै खुशी लाग्छ,तर इच्छा हुदाहुदै पनि ठुलो मात्रामा सहयोग गर्न नसक्दा भने मन खिन्न हुन्छ” काफ्लेले भन्नु भयो ।

यसरि सामाजिक उत्तरदायित्व बहन गर्दै सामुदायिक रेडियोले यस प्रकारको अभियान को प्रारम्भ गर्नु अत्यन्तै पुण्यको काम भएको र आगामी दिनमा रेडियोले संचालन गर्ने कुनै प्रकारका अभियानमा आफुले सक्दो सहयोग गर्ने पनि काफ्लेले प्रतिबद्दता ब्यक्त गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्
जन्म दिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य

गुल्मी मुसिकोट नगरपालिका वडा न ७ काफल्टोला निबासी माहाशार्मा काफ्लेले आफ्नो जन्म सिनको अवसर पारि महिला जागरण आमा समुहलाई २५ थान कुर्ची सौजन्य गर्नु भएको छ ।

माहाशार्मा काफ्लेले गत फाल्गुन २५ गते परेको आफ्नो जनमा दिनको अबसरमा महिला जागरण आमा समुहलाइ २५ थान कुर्ची सौजन्य गर्नु भएको समुहकी अध्यक्ष बालकुमारी काफ्लेले नबखाबरलाइ जानकारी दिनु भयो ।

आज भोलि नेपालि समाजमा अनाबस्यक खर्च गरि जन्म दिन मनाउने प्रचन भित्रिएको छ तर अनाबस्यक खर्च गर्नुको सट्टा हरपल खटिएर सामाजिक कार्यमा लागि परेको आमा समुहलाई सहायो गर्नु भएकोमा समुहले उहाँको उत्तर उत्त्रण प्रगतिको कामना गरेको समुहकी सचिब लक्ष्मी काफ्लेले जानकारी दिनुभयो ।

माहाशार्मा काफ्लेले यो भन्दा पहिला पनि आमा समुहलाई सहयोग गर्दै आउनु भएको छ ।

महिला जागरण आमा समुहले गरेका कामहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि समुहलाई सक्दो सहायो गर्ने र अन्य साथिभाइहरुलाई पनि सहयोग गर्न सल्लाह दिने कुरा नबखबरलाई बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय