ओलीको राष्ट्रवाद छताछुल्ल भएर पोखियो – भीम रावल

काठमाडौँ । नेकपा एमालेबाट कारवाहीमा पर्नुभएका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद छताछुल्ल भएको बताउनुभएको छ ।

ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ’।

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले दुई पटक स‌ंविधानसभाको निर्वाचन भई जनाताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताउँदै यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक गर्न समेत माग गर्नुभयो ।

रावलले भन्नुभयो, ‘ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधानविपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय