बागलुंग बल्देधुरी घटनामा संलग्न १२ युवा जेल चलान

बागलुंग- गत चैत १५ गते होली खेल्ने क्रममा दुइ युवालाई भीरबाट खसालेर मारेको आरोपमा पक्राउ परेका १२ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

घटनामा तत्कालै पक्राउ परेका १३ जना मध्ये हिरासतमै कोरोना पोजेटिभ देखिएपछि पेशी सरेको थियो । पीसीआर रिपोर्ट नेगेटिभ आएका १२ जनालाई जेल चलान गरिएको हो ।

एक जना अझै पोजेटिभ आएकोले आइसोलेसनमा छन् । जेल पठाइएका मध्ये बडिगाड गाउँपालिका १० का रेशम बुढा मगर, झनबहादुर बुढा, मिलन बुढा, सूर्य बुढा, कुमार छन्त्याल, तीर्थलाल बुढा, ढाल बहादुर बुढा, रुपेश बुढा, बालजंग गुरुङ, याम बहादुर बुढा, तेजेन्द्र छन्त्याल र सुमन बुढा छन् ।

रेशम भन्ने भेषराज बुढाको भने पटक पटक पीसीआर रिपोर्ट पोजेटिभ आएकोले कारागार पठाउन नसकिएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । ती युवाको ५० दिनदेखि पीसीआर पोजेटिभ देखिएको छ ।

नेपाल सरकारले पीसीआर पोजेटिभ आएको १० दिन आइसोलेसन बसेपछि स्वतह डिस्चार्ज हुने मापदण्ड बनाएपनि उनको पटक पटक पोजेटिभ देखिएकोले जेल नपठाएकोहो ।

आदेशमा भने उनलाईपनि पुर्पक्षमा पठाउन भनिएको छ । उक्त घटनामा अझै ५ जना फरार छन् ।

मेलामा होली खेल्ने क्रममा उनीहरुले बागलुङको निसीखोला ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षका दिपक परियारलाई भीरबाट खसालेका थिए ।

मतकको शव घटनास्थलदेखि ४ सय मीटर तल भेटिएको थियो । ढोरपाटन न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय