एमाले नेता ज्ञवाली गरे सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले परराष्ट्र मन्त्रीबाट हटेलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ ।

शुक्रवार (हिजो) साँझ सामाजिक सञ्जालमार्फत उहाँले विदेश भ्रमणबाट आएको लेभी पार्टीको खातामा बुझाएको जानकारी दिनुभएको छ । आफ्नो सवा तीन वर्षको कार्यकालमा केही घरायसी सामान र दुईसय थान पुस्तकबाहेक अरु सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उहाँले उल्लेख गर्नुभएको छ ।

‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० पार्टी खातामा जम्मा भएको छ’ उहाँले लेख्नुभएको छ ।

मन्त्री हुँदा आफूले प्रयोग गर्दै आएको गाडी र ल्यापटप शुक्रवार नै बुझाएको भन्दै ज्ञवालीले शनिवार नै मन्त्री निवास छोड्ने जानकारी पनि दिनुभएको छ । उहाँले मन्त्री रहँदा साथसहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय