मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिपरिषदमा रहेका ४ जनाबाहेक सबै मन्त्रीलाई पदमुक्त गर्नुभएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री लीलानाथ श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङबाहेकका सबै मन्त्रीलाई पदमुक्त हुने भएको स्रोतले बतायो । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई उपप्रधानमन्त्रीको जिम्मेवारी दिँन लाग्नुभएको छ ।

त्यस्तै एमाले महासचिव ईश्वर पोखरेल मन्त्रिपरिषद विस्तारमा नदोहोरिने बताइएको छ । उहाँले प्रधानमन्त्री ओलीसँग आफू पार्टी काममा केन्द्रित हुने इच्छा व्यक्त गरेको निकट स्रोतले जनाएको छ ।

पोखरेल सरकारमा नरहने भएपछि एमालेबाट विष्णु पौडेल र रघुवीर महासेठ उपप्रधानमन्त्री बन्ने हुनुभएको छ। पौडेल अर्थ मन्त्रीसहित उपप्रधानमन्त्री हुनेछन् भने रघुवीर परराष्ट्र मन्त्रालय सहित उपप्रधानमन्त्री हुने तय भएको स्रोतले जनाएको छ। त्यस्तै शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री हुनुहुने भएको छ ।

जसपाको महन्थ पक्ष सरकारमा गएसँगै मन्त्रिपरिषदमा ब्यापक फेरबदल भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय