एक दम्पत्तिको कोरोना संक्रमणका कारण मृत्यु

खोटाङ : खोटाङका एक दम्पत्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउँ घर भई भक्तपुर कौशलटार बस्दै आएका ति दम्पत्तिको पाँच दिनको अन्तर्रालमा निधन भएको हो ।कोभिड १९ संक्रमण पुष्टि भएपछि काठमाण्डौ मेडिकल कलेज ‐केएमसी०मा भेन्टिलेटरमा राखेर

उपचार हुँदाहुँदै ४८ वर्षीया गंगादेबी आचार्यको बिहीबार निधन भएको आफन्तले जनाएको छ ।

उनको श्रीमान ५२ वर्षीय केदार आचार्यको ट्रमा सेन्टरमा भेन्टिलेटर राखेर उपचार गर्दागर्दै गत आईतबार मात्रै निधन भएको थियो । पाँच दिनको अन्तरालमा दम्पत्तिको निधन भएपछि परीवारमा बज्रपात आईपरेको छ ।

निधन भएका दम्पत्तिको परिवारमा दुई छोरा र एक छोरी छन् । जेठा छोरा संक्रमित भई निको भएर घर फर्केका छन् । कान्छा छोरा अष्ट्रेलियामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय