बेलायतमा रहेका वामीबासीहरुले पठाए कोभिडविरुद्ध लड्न वामीमा एक लाख

वामीटक्सार । गुल्मीको मुसिकोट नगरपालिका ७ र ८ अर्थात साविकको वामी गाबिस घर भइ हाल बेलायतमा विभिन्न पेशा व्यवसायको शिलशिलामा रहेका नेपालीहरु स्वदेशमा फैलिरहेको कोरोनाभाइरस महामारी विरुद्ध लड्नको निम्ती आर्थिक सहयोग पठाएका छन् ।

वामी परिवार यूकेमा आवद्ध रहेका उनीहरुले वामीटक्सार स्वास्थ्य चौकी र वामी मैदानमा रहेको शहरी स्वास्थ्य केन्द्रमा कोभिडविरुद्ध लड्नको निम्ती आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु खरिद गर्नको निम्ती एक लाख सहया्ेग रकम पठाएका हुन् ।
वामीटक्सारमा रहेको सामुदायिक रेडियो पुष्पाञ्जलीले चलाएको अक्सिजन तथा स्वास्थ्य सामग्री अभियानमा सामेल हुँदै उनीहरुले वामीटक्सार स्वास्थ्य चौकीको लागि ५० हजार र वामी मैदान शहरी स्वास्थ्य केन्द्रको निम्ती ५० हजार गरी एक लाख रुपैया गाँउ पठाएका हुन् ।

उक्त संस्थामा आबद्ध रहेका उपेन्द्र सापकोटा , क्षेत्र भण्डारी, दुर्गा सापकोटाले, अन्चल सापकोटा , तोयानारायण काफ्ले, अशोक जिसी, हरि प्रसाद सापकोटा, युबराज सापकोटा, राजु खत्री, यमलाल सापकोटा, दधिराम सापकोटा, दिपक सापकोटा सबैले ५१ पाउण्ड, कृष्ण भट्टराईले २५, चन्द्रकान्त साप्कोटाले २१ गरी कुल संकलित ६०७ पाउण्ड स्र्टलिङ रकम नेपाल वामी पठाइएको हो । बर्मिङ्हम, नटिङ्घम, स्कटल्याण्ड लगायत क्षेत्रमा रहेका वामीबासीले उक्त रकम संकलन गरेका थिए ।

उक्त सहयोगको पहल वामीका नेता हरिनारायण सापकोटाले गरेका थिए । सो रकम समन्वयकर्ता रेडियो पुष्पाञ्जलीले एक सामान्य कार्यक्रम गरी हस्तान्तरण गरेको छ । सञ्चालक समितिका अध्यक्ष दिनेश खातीको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा रेडियोका पूर्वअध्यक्ष तथा सल्लाहकार सुदर्शन शाक्य, सचिब सुन्दर प्रधान लगायतले बोलेका थिए ।

सञ्चालन सहसचिब कौरब खत्रीले गरेका वामीका पत्रकार चकित विष्णु प्रसाद आचार्यले जनाए । हस्तान्तरण गरिएको रकम स्वास्थ्य चौकीहरुले आफ्नो आवश्यकता अनुसार कोभिडविरुद्धको लडाइँमा प्रयोग गर्न सक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय