मुसिकोटमा एम्वुलेन्स र अक्सिजनको अभाव कसैलाई हुने छैन – नगर प्रमुख सोमनाथ सापकोटा

मुसिकोट गुल्मी, मुसिकोट नगरपालिका गुल्मीका नगर प्रमुख सोमनाथ सापकोटाले एम्वुलेन्स र अक्सिजनको अभावमा मुसिकोटमा कसैले ज्यान गुमाउनु पर्ने अवस्था नरहेको वताउनु भएको छ ।

आज मुसिकोटमा लायन्स क्लव अफ गुल्मी काठमाण्डॏको समन्वय एवं ग्लोवल आई.एम.ई. वैङ्क वामी शाखाको आर्थिक सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा वोल्दै सापकोटाले मुसिकोटमा अव तत्काललाइ अत्यावश्यक पर्ने अक्सिजन सिलिन्डर तथा कन्सन्ट्रेटर मेसिन प्रयाप्त रहेको वताउनु भयो ।

केही नगरपालिकाले आफै खरिद गरेर र केही साझेदारी एवं सहयोगी संस्थाहरू मार्फत प्राप्त गरी यो व्यवस्था गरिएको उहाँले वताउनु भयो ।

हाल मुसिकोट नगरपालिकामा १२ वटा भरिएका ठुला अक्सिजन सिलिन्डर, २ वटा खाली सिलिन्डर सुरक्षित रहेको र ११ वटा अक्सिजन कन्सन्ट्रेटर मेसिन नगरपालिकाको स्वामित्वमा रहेको वताइएको छ ।

त्यसै गरी नगरपालिकामा हाल सरकारी र सामुदायिक संस्थाहरू मार्फत सञ्चालित गरी ७ वटा एम्वुलेन्स सञ्चालनमा रहेका छन । मुसिकोट नगरपालिकाले कोरोना संक्रमित भइ अवस्था जटिल भएका विरामीहरूलाइ उपचारको लागी १० वेडको कोभिड अस्थायी अस्पताल रूद्रावती वहुमुखी क्याम्पसमा सञ्चालन गरेको छ ।

जहाँ संक्रमितरूलाइ चॏविसै घण्टा एम वि वि एस डाक्टर राजन वलिया नेतृत्वको टोली मार्फत निशुल्क उपचारको व्यवस्था मिलाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डि.वि.जि.सी.ले वताउनु भयो । आवश्यकताका आधारमा अस्थायी कोभिड अस्पतालमा वेड थप गर्न सकिने मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ४० जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका २५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो ।

दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज १ जना संक्रमण मुक्त भएका छन ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ४ का ७ जना पूरूष, १३ जना महिला, वडा नं. ६ का १ जना पूरूष र २ महिला त्यसैगरी वडा नं. ७ का २ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

आज वडा नं. ४ मा संक्रमित हुने सवै २० जना एकै गाउँका रहेको वताइएको छ ०बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा २४० जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल २४० जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, १३१ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल १०३ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । – सेरोफेरो नेपालको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय