सर्वाेच्चले फेरी पनि बिताउने पो हो कि, प्रधानमन्त्री ओलीको चिन्ता

काठमाडौँ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे ।

उनले गरेको उक्त कदम असंवैधानिक भएको भन्दै उनी पक्षबाहेक सबै राजनीतिक दल, नागरिक समाज, अगुवाहरु आन्दोलनमा उत्रिए । अन्ततः सर्वोच्चले फागुन ११ मा ओलीको काम असंवैधानिक मात्र ठहर गरेन, ओली अधिकार नै नभएको कुरा प्रयोग गरेको ठहर गरि संसद पुनःस्थापना गरिदियो ।

पुनःस्थापना भएको तीन महिना पनि नबित्दै ओलीले फेरी संसदमाथि उही हतकण्डा अपनाएका छन् जेठ ८ गते मध्यरातमा । जसको विरुद्धमा पहिलेको भन्दा दोब्बर बढी अर्थात ३० रिटहरु सर्वोच्च अदालतमा दर्ता भएका छन् । अघिल्लो पटक संसद भँग गर्दा १३ रिट मात्र परेका थिए ।

डरले नेपाल पक्षका नेता तान्ने राणनीतिमा ओली – पछिल्लो एकसातामा नेकपा एमाले अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक स्थायी कमिटी बैठक सार्ने र स्थागित गर्ने काम गरे । नेपाली कांग्रेसका सभापति शेरवहादुरलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्न भनि बोलाइएको बैठक ४ पटक सम्म स्थगित गर्ने र सार्ने काम भयो । धेरै पटक बैठक सार्दा सार्दै पनि हिजो बैठक बस्यो र हिजो बसेको बैठकबाट पनि कुनै कारवाहीको कुनै निर्णय भएन । उल्टै पार्टी एकताको प्रयास जारी राख्ने निर्णय गर्दै बैठक सकियो ।

माधव नेपाल र भिम रावल लगायत ११ नेतालाइ पार्टीबाट निश्कासन गरेका ओली अन्य नेतालाई कारवाही गर्न हच्किनुले प्रतिनिधिसभा पुनःस्थापना हुने डरले काम गरेको हुन सक्ने विश्लेषण गर्न लागिएको छ।

स्पष्टीकरण सोधिएका नेपाल पक्षका १२ नेताहरुमाथी कारबाही गर्दा संसद पुनस्थपना भइहाल्यो भने विपक्षी पक्ष नै थप बलियो हुने देखेपछि ओलीले वार्ता र संवादलाई निरन्तरता दिन कार्यदलका सदस्यहरुलाई आग्रह गरेका छन्। तत्काल कारवाही नगरिने बैठकमा जानाकारी दिए छन् । त्यही अनुसार कार्यदलका केही नेताहरु गोप्य वार्तामा जुटिरहेका छन् । कार्यदल पुनर्गठन समेत हुने बताइएको छ ।

अदातलले पुनः प्रतिनिधि सभामा फर्काइदिएको अवस्थामा महन्थ ठाकुरको साथ रहदा माधव नेपाल सहित ११ सांसदको कारवाहीले मात्र ओलीको सत्तामा जोखिम देखिदैन । त्यसका अतिरिक्न थप १२ जानालाई नेतालाई कारवाही गर्दा ठाकुर पक्षको सहयोग भएपनि सत्ताबाट बाहिरनुपर्ने अवस्था आउने देखिन्छ ।

त्यसैले पुनःस्थापना भइहाले आफ्नै कारण अल्पमतमा पर्ने हुँदा ओलीले थप नेताहरुमाथी कारवाहीका लागि अदालतको फैसला पर्खिएका हुन । बालुवाटारमा आफूपक्षीय नेताहरुसामू ओलीले भन्दै आएका छन्, ‘अघिल्लो पटक पनि सर्वोच्चले चुनावमा जान दिएन, यसपटक पनि दिएन भने के गर्ने ? म त झनै नैतिक संकटमा पर्छु ।’

अदालतले संसद पुनःस्थापना नगरेको खण्डमा भने ओलीले उनिहरुमाथी कारवाही चलाउने नेताहरुले बताएका छन् ।

संसद पुनर्स्थपना भएमा सम्झौता गरेर भएपनि नेपाल पक्षका नेताहरु फकाउने र फेरी सत्तामाथि आइलाग्ने संकट तत्काललाई टार्ने रणनीति सरुप ओलीले यो कदम चालेकोअनुमान नेपाल पक्षका नेताहरुको रहेको छ ।

ओलीको यो चालबाजीलाई उनी इमान्दरिताका साथ एकताको प्रयास गरेको भन्दापनि पुनःस्थापना पछिको संकट टार्न गृहकार्य सुरु गरेको रुपमा नेपाल पक्षले लिएको छ ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय