अर्लाङ्कोट सेवा समाज जापानद्वारा मुसिकोट ९ अर्लाङ्गकोटमा दुइ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

कालिदास खरेल अर्लाङ्गकोट गुल्मी । गुल्मी जिल्ला मुसिकोट न.पा.-९ मा रहेको अर्लाङ्कोट स्वास्थ्य चौकी र अन्य संघ संस्थालाइ अर्लाङ्कोट सेवा समाज जापानले करिब दुइ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गारेको छ ।

मुसिकोट नगरपालिका वडा नं. ९ अर्लाङ्कोट विकट र अधिकांश गरिब जनताहरुको बसोबास रहेको क्षेत्र हो।
यति बेला कोभिड १९ ले विश्व नै तहसनहस पारि रहेको बेला यस क्षेत्रका जनताहरु पनि यसले निकै प्रभावित भइ रहेका छन्। सन् २०१५ मा अाफ्नो रोजगारीको सिलसिलामा जापानमा रहनुहुने साविकको अर्लाङ्कोट गा.वि.स.का ब्याक्तिहरुद्वारा अाफ्नो क्षेत्रका हरेक पक्षमा सहयोग गर्ने उदेश्यले स्थापना गरिएको पवित्र संस्थाले यसबेला कोभिड लगायत का अन्य बिरामीहरु अक्सिजन अभावमा मर्न नपरोस भनि १ थान अक्सिजन कन्सनट्रेटर मेसिन,२ थान थर्मल गन,माक्स र सेनिटाइजर अर्लाङ्कोट स्वास्थ्य चौकीलाइ स्थानिय रुपमा रहेको अाफ्नो संस्था अर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोट मार्फत अौपचारिक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो ।

यसै गरि सोहि कार्यक्रममा यस वडामा रहेका मा.वि. र नि.मा.वि.हरुलाइ १/१ थानका दरले ४ थान पल्स अक्सिमिटर समेत हस्तान्तरण गरियो ।कार्यक्रममा प्रमुख अतिथि एवम् नगर प्रमुख सोमनाथ सापकोटा,बिशेष अतिथिहरु मुसिकोट नगरपालिका -९ का वडा अध्यक्ष नरेशराज खरेल,नगर स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि सी,समाजसेवि खड्क ब.खत्री लगायतले संस्थाले यस माहामारिको समयमा गरेको यो सहयोग अतुलनीय र महत्पूर्ण रहेको भन्दै मुक्तकण्ठले प्रसंशा गर्नु भएको थियो।प्रमुख अतिथि सापकोटाले राज्य गर्ने कार्य संस्थाले गरेर मेसिन लगायतका सामग्री प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।साथै विस्तृत कार्ययोजना सहित अाएमा वडाको बिकासमा आफु सधै सकारात्मक रहेको समेत प्रकाश पार्नु भयो।सेवा समाज जापान र गुल्मेलि सेवा समाज जापानले समेत पि पि इ,सेनिटाइजर,ग्लोवस,पल्स अक्सिमिटर,थर्मल गन लगायतका सामाग्रि स्वास्थ्य चौकी प्रदान गर्नु भएकोमा इन्चार्ज कमला खरालले धन्यवाद ज्ञापन गर्नुका साथै अाफ्नो संस्थाबाट सेवा नियमित गरि बिरामीको सेवामा खटिने बताउनु भयो।

कार्यक्रममा समाजसेवी कालिदास खरेलले संस्थाको स्थापना,हाल सम्म गरेका गतिविधि साथै जन्मभूमि प्रति देखाएको अगाध मायालाइ प्रकाश पार्नुका साथै धन्यवाद ज्ञापन गर्नुका साथै प्रसंशा समेत गर्नु भएको थियो।

कार्क्रममाअर्लाङ्कोट सेवा समाज जापान अर्लाङ्कोटका उपाध्यक्ष विश्वनाथ सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव यज्ञमूर्ति सापकोटाको रहेको थियो। कार्यक्रमा वडाका जनप्रतिनिधि ,संस्थाका प्रतिनिधि ,समाजसेवि,कार्य समिति सदस्य लगायत अन्य ब्याक्तिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय