चट्याङ लागेर बागलुङमा एक बालकको मृत्यु,

बुर्तिबाङ : चट्याङ लागेर बडिगाडमा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिक वडा नम्बर ५ का १२ वर्षीय सुवास पेमीको मृत्यु भएको स्थानीय राजन पाएजाले जानकारी दिए । चट्याङ लागेर गम्भीर भएका पेमीको उपचारकालागि लैजाँदै गर्दा मृत्यु भएको पाइजाको भनाई छ ।

ठूलो पानी परको र छाता ओढेर बाहिर निस्केको अवस्थामा उनलाई चट्याङ लागेको स्थानीयको भनाई छ ।

विद्युत मिटर बक्सको नजिक रहेका पेमीको चट्याङदे शरिर जलेको पाइजाले बताए । त्यस्तै वडा नम्बर ४ मा चट्याङ लागेकार ११ वर्षीया बालिका सृष्टि राकसकोटी घाइते भएकी छिन् । चट्याङले स्थानीय प्रेम राकसकोटीको दुई घरमा आंशिक क्षति पुगेको पाइजाले जानकारी दिए ।

राकसकोटीको घरमा भएका लत्ता कपडा, खाद्यान लगायतका सामग्रहरु जलेर नष्ट भएको उनले बताए । मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको उनको भनाई छ ।- बागलुङ पोस्ट

यो पनि पढनुहोस् बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर वडा नम्बर १ की ७० वर्षीया महिला संक्रमितको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ एक गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको मंगलबार राति १२ ः २५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । बागलुङमा पछिल्लो केही दिन यता संक्रमण हुनेको मृत्यु बढि राखेको छ ।

सोमबार पनि एक संक्रमितको मृत्यु भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय