मदिरा पसलबाट भोड्का रक्सि  चोरेको आरोपमा ३ प्रहरी निलम्बित

मदिरा पसलबाट भोड्का नामक मदिरा चोरेको आरोपमा ३ प्रहरी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक असई नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार रायलाई निलम्बन गरेको हो ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोली जेठ ९ गते राति लहान नगरपालिका २३ स्थित गढीया चौक आसपासका पसलहरु बन्द बन्द गराउँदै हिँड्ने क्रममा स्थानीय पुजा मदिरा होटल एसके मदिरा मा होहल्ला भएकाले सञ्चालक सहितलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

सो क्रममा पसलका सञ्चालक भागी पसल खाली रहेको अबस्थामा उनीहरुले भोड्का रक्सी लिई गएको भिडियो विभिन्न सामाजिक संजाल तथा संचार माध्यमबाट सार्वजनिक भएका थिए ।

त्यसप्रति ध्यानाकर्षण भएपछि उनीहरुलाई प्रहरी नियमावली २०७१ बमोजिम निलम्बन गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय