प्रेम सुनार गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान अन्तर्गत गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामग्री सोमबार मुसिकोट नगरपालिका वडा नम्वर ७ को वामी अस्पताल र वडा नम्वर ९ को अलाङ्गकोट स्वास्थ्य चौकीलाई नेपाल पत्रकार महासंघको टोलीले हस्तान्तण गरेको छ ।
उक्त सामग्री नेपाल पत्रकार महासंघका अभियान समन्वय समितिका संयोजक पुर्व अध्यक्ष जनार्दन घिमिरे , महासंघका उपाध्यक्ष रेशम कुँवर , सचिव प्रेम सुनार , कोषाध्यक्ष कौरव खत्री , कार्य समिति सदस्य डिबी खड्काको टोलीले हस्तान्तरण गरेको हो । वामी अस्पताललाई २ लाख भन्दा बढि मुल्यको कन्सनट्रेटर मेशिन लगायका स्थास्थ्य सामग्री हस्तान्तरा गरिएको छ । त्यस्तै अर्लाङ्गकोट स्वास्थ्यचौकीलाई पिपिई १० थान मास्क ५ सय थान , सेनिटाईजर ६० लिटर , पञ्जा ५ सय जोडी , अक्सिमिटर ५ थान हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा महासंघका पुर्व अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै वडा नम्वर ९ वडाध्यक्ष नरेशराज खरेल , मुसिकोट नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत मुना ज्ञवाली, स्वास्थ्य शाखा संयोजक डिबी जिसी, नेपाल पत्रकार महासंघका उपाध्क्ष रेशम कुँवर , महिला अधिकारकर्मी बिष्णु सापकोटा ,महासंघका कोषाध्यक्ष कौरव खत्री ,
कार्य समिति सदस्य डिबी खड्का , गुल्मेली सेवा समाजका सहकोषाध्यक्ष चेतन अर्याल पुष्पाञ्जीली एफएमका स्टेशन म्यानेजज प्रकाश घिमिरे , कोर्डिनेटर बिष्णृुप्रसाद आचार्य , नवखबर डटकमका ब्यवस्थापक भुवन काफ्ले लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
मुसिकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघको सचिव प्रेम सुनारको सञ्चालन रहेको थियो ।
त्यस्तै गरि नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन अभियान अन्तर्गत गुल्मेली समाज जापानले पठाएको स्वास्थ्य सामग्री सोमबार कुर्घा स्वास्थ्य चौकीलाई टा नेपाल पत्रकार महासंघको टोलीले हस्तान्तण गरेको छ ।
मुसिकोट नगरपालिका वडा नम्वर ६ कुर्घा भुवाचीदीमा रहेको स्वास्थ्य चौकीलाई नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा अक्सिजन अभियान समन्व्य समितिका संयोजक जनार्दन घिमिरे , महासंघका उपाध्यक्ष तथा ब्यवस्थापन समितिका संयोजक रेशम कुवँर , महासंघका सचिव प्रेम सुनार र कार्य समिति सदस्य डिबी खड्काको टोलीले हस्तान्तरण गरेका हुन ।
त्यस वडाका वडाध्यक्ष तथा कुर्घा स्वास्थ्यचौकीका अध्यक्ष खडकबहादुर खड्काले स्वास्थ्य सामग्री ग्रहण गरेका हुन । त्यस स्वास्थ्यचौकीलाई अक्सिमिटर ५ थान , पञ्जा ५ सय जोडा , मास्क ५ सय थान , पिपीई गाउन १० जोडा सेनिटाईजर ५ लिटर हस्तान्तरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी घिमिरेले नेपाल पत्रकार महासंघको अक्सिजन अभियान मार्फत आएको स्वास्थ्य सामग्री पालिका स्तर सम्मका स्वास्थ्य चौकीहरुलाई आज जिल्लाभर हस्तान्तरण गर्न लागिएको जानकारी गराउँदै सहयोगदाता गुल्मेली सेवा समाज जापानलाई धन्यवाद दिएका थिए ।
त्यस्तै गुल्मेली सेवा समाज जापानका प्रतिनिधी सह–कोषाध्यक्ष चेतन अर्याल जापानमा रहेका गुल्मीवासी सबैले सहयोग गरेर २० लाख भन्दा बढि रकम संकलन भई स्वास्थ्य सामग्री खरिद गरि हस्तान्तरण गर्न लागिएको जानकारी दिएका थिए ।
कार्यक्रमम त्रिभुवन मावि कुर्घा भुवाचिदी ब्यबस्थापन समितिका अध्यक्ष रामबहादुर थापा , त्यस स्वास्थ्य चौकी ईन्चार्ज अहेव पुर्णकला थापा , स्थानीय समज सेवी सोमन्त अर्याल लगायतको बिशेष आतिथ्यता थियो । वडाध्यक्ष खड्कबहादुर खडकाको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव प्रेम सुनारले सञ्चालन गरेका थिए ।