बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर १३ की २५ वर्षीया युवतिको संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएर गत जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको सोमबार बिहान ४ः१५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बागलुङ पोस्टलाई जानकारी दिए ।
सेभर एनिमिया र कोभिडको कारण उनको मृत्यु भएको स्वास्थ्यकर्मीहरुको भनाई छ । जिल्लामा संक्रमणबाट मृत्यु हुनेको दर बढ्दै गए रहेको छ । योसँगै बागलुङमा संक्रणमणबाट ४२ जनाको मृत्यु भएको छ ।
बागलुङमा कोरोना संक्रमण बढ्नुका साथै मृत्यु दर पनि बढेको छ । पछिल्लो समय गाउँ–गाउँमा समेत कोरोना फैलिँदो क्रममा छ । सबैलाई सजक र सर्तक सहन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।- बागलुङ पोस्ट