विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजमा ऋण

काठमाडौँ । सरकारले विद्यार्थीहरुलाई ल्यापटप किखरिद गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

१ प्रतिशत ब्याजदरमा विद्यार्थीलाई ८० हजार रुपैयाँसम्म ऋण दिइने अर्थमन्त्री बिष्णु पौडेलले बताए । उक्त रकम दुई वर्षभित्र तिर्न सकिने उनले बताए । यस्तै १६ वर्ष भन्दामाथि विद्यार्थीलाई निःशुल्क सिम कार्ड दिने समेत अर्थमन्त्रीले घोषणा गरे । आर्थिक बर्ष ०७८/७९ को बजेट भाषणको क्रममा उक्त जानकारी गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय