मुसिकोटमा थप एक  कोरोना संक्रमितको मृत्यु

गुल्मी । गुल्मिको मुसिकोट नगरपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी ठेगाना भएका ६४ वर्षिय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनलाई यही जेठ १२ गते एन्टिजेन मार्फत कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना संक्रमण पुष्टि भए पश्चात मुसिकोट गरपालिका वडा नम्बर ७ मा रहेको रूद्रावती वहुमुखी क्याम्पसमा निर्माण गरेको अस्थायी कोभिड अस्पतालमा उपचाररत थिए ।

उनलाई जेठ १३ गते स्वास्थ्यमा जटिल समस्या देखिए पछी थप उपचारको लागि पाल्पा रिफर गरिएकोमा बाटोमा लैजादै गर्दा उनको मृ,त्यू भएको वताइएको छ । उनको ज्यान गए सँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमणबाट हाल सम्म ६ जनाको ज्यान गएको मुसिकोट नगरपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस् काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ९ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ८ सय ५५ पीसीआर र ९६ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। शुक्रबार एकैदिन देशभर ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ।

बिहीबार काठमाडौँ उपत्यकामा २ हजार ३ सय २४ कोरोना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार ७ सय ९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ जना संक्रमित थपिएका हुन्। गत चौबीस घण्टामा ९ हजार ८ सय ४१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यसअघि बुधबार ७ हजार २ सय २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए।

शुक्रबार १९ हजार ३ सय १३ पीसीआर तथा ७९७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय