काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि सत्ता साधन मात्रै भएको साध्य नभएको बताउनुभएको छ ।
शुक्रबार देशवासीका नाममा संवोधन गर्ने क्रममा ओलीले आफूमाथि सत्ता स्वार्थीको आरोप लगाउनु झेली काम भएको बताउँदै आजको लोकततान्त्रीक प्रणाली गुम्ने हो की भन्ने चिन्ता रहेको बताउनुभयो ।
निर्धारण गरेको चुनावमा सामेल हुन सबै दलहरुलाई आग्रह गर्दै उहाँले राष्ट्रिय सहमतिको सरकार गठनमा आउन समेत आग्रह गर्नुभयो ।
आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई जिताउने उल्लेख गर्दै निर्वाचनलाई प्रतिगमन भन्नु जनताप्रति अविश्वास गर्नु रहेको बताउँदै उहाँले भन्नुभयो, आफू जित्छु भनेर होइन, लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचनमा जाने निर्णय गरेका हौँ।’
उहाँले निर्वाचन निष्पक्ष हुनेमा ढुक्क हुन आग्रह गर्दै यति यसमा विश्वास नभए सबै दललाई सरकारमा आउन आह्वान गर्नुभयो ।
महामारीको कारण २५ दिन निकै कष्टकर रहको भन्दै अहिले अवस्था सुधारतर्फ अघि बढेको भन्दै अक्सिजन आपूर्ति व्यवस्थित पारिएको बताउनुभयो ।
ओलीले २ लाख संक्रमित थपिएको र ३ हजारले ज्यान गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो ।
वीर अस्पताललाई युनिफाइड कोभिड अस्पताल बनाइएको र आवश्यक पर्दा जुनसुकै बेला स्वास्थ्य संकटकाल लगाउन सक्ने कानुन बनाइएको उहाँको भनाइ थियो।
एयरलिफ्टका माध्यमबाट समेत अक्सिजन आपूर्ति गरिएको धेरै अन्तर्राष्ट्रिय समूदाय तथा आफ्नो गाँस कटाएर अक्सिजन पठाउने खाडी राष्ट्रमा रहेका नेपालीहरूलाई उहाँले धन्यवाद दिनुभयो ।
ओलीले कोभिड उपचारका लागि १५७ अस्पतालहरु सूचीकृत भएको बताउनुभयो । साथै कोभिडको निशुल्क उपचारका लागि ४५ निजी अस्पतालहरुसँग सम्झौता गरिएको उहाँको भनाइ थियो।
महामारी सुरु भएको एकवर्षको अवधिमा भेन्टिलेटरको संख्या ३३७ बाट ९०४, आईसीयु बेड २६०० बाट तीन हजार पुर्याइएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले अस्पतालमा २ हजार ८ सय ५३ हाइ डिपेन्डेन्सी युनिटसमेत थप भएको बताउनुभयो ।-ज्योतिन्यूज