कोरोना विरुद्ध गोदरेज नेपालको सहयोग

काठमाडौँः कोरोना संक्रमणलाई फैलिनबाट रोक्नको लागि गोदरेजले मिस्टर म्याजिक स्वच्छतामा सुरुक्षा अभियान सुरु गरेको छ ।

कोरोना महामारीको समयमा हात धुने महत्वलाई ध्यानमा राख्दै मान्छेहरुलाई हात धुन प्रोत्साहन गर्ने उद्देश्यले सो अभियान सुरु गरेको बताइएको छ । यस कार्यक्रम अन्तर्गत गोदरेजले भाटभटेनी लगायत काठमाडौँका विभिन्न अस्पतालहरुमा हात धुने अभियान सुरु गरेको हो ।

अभियान अन्तर्गत राजधानीको १० ओटा अस्पतालहरुमा यो अभियान सञ्चालन गरिएको छ । सहिद गंगालाल स्मारक अस्पताल, त्रि।वि। शिक्षण अस्पताल, अल्का अस्पताल, ओम हस्पिटल र के।एम।सी अस्पतालमा यो महिना र ग्रिन सिटी हस्पिटल, मनमोहन मेमोरियल हस्पिटल, पाटन हस्पिटल, सुमेरु हस्पिटल र नेपाल मेडिकल कलेज एण्ड हस्पिटलमा अर्को महिना देखि यो अभियान सुरु हुनेछ ।

यी हस्पिटलहरुमा मिस्टर म्याजिकको निःशुल्क हात धुने स्टलको व्यव्स्था गरिएको छ ।
प्रत्येक स्टलमा गोदरेजको उत्पादन मिस्टर म्याजिक ह्यान्डवास र पानीको व्यवस्था गरिएको छ । मिस्टर म्याजिक पाउडर ह्यान्डवास हो जुन पानीको सम्पर्कमा आएपछि लिक्विड बन्छ ।
एउटा बोटलमा २०० मि।लि। पानी र मिस्टर म्याजिक पाउडर राखेर सजिलै ह्यान्डवास बनाउन सकिनेछ । यसको रिफिल पनि बजारमा सजिलै उपलब्ध छ ।

पटक पटक हात धोएर कोरोना संक्रमणलाई एक व्यक्ति देखि अर्को व्यक्तिमा फैलिन नदिनको लािग गोदरेज नेपालको यो एक सानो प्रयास हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय