गुल्मीमा ५ राजनितीक दल एकजुट

गुल्मी । गुल्मीमा पाँच राजनितीक दलहरु एकै ठाउँ भएका छन ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के पि शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभाको बिघटन गरेपछि केन्द्रदेखि नै बिपक्षी राजनितीक दलहरुले मोर्चबन्दी गरेरै बिरोध जनाइरहेका छन । बुधबार गुल्मीमा पाँच राजनिक दलले सयुक्त बिज्ञप्ति निकाल्दै ससद बिघटनको बिरोध गरेका छन । यद्यपि नेकपा एमालेबाट जिल्ला सचिब सोमनाथ सापकोटाले हस्ताक्षर गरेका छन ।

सापकोटा एमालेका माधब झलनाथ समुहका नेता हुन । प्रधानमन्त्री ओलिले नेपाली जनताको लामो त्याग बलिदान र सघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई समाप्त गर्दै निरकुंस र सर्बसत्ताबाद मार्फत मुलुकलाई अस्थिरता तर्फ धकेलेको उनिहरुको आरोप छ ।

सबिधानको संरक्षणको दायित्व समेत रहेको सम्मानित राष्ट्रपतिबाट समेत प्रतिनिधि सभाका बहुमत सदस्यहरुको हस्ताक्षर सहित बिधीसम्बत पेश भएको दाबी माथी संबिधानत प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने संबैधानिक दायित्वबाट बिमुख भै के पि शर्मा ओलिको मिलेमतोमा बदनियतपूर्ण किसिमले संसदनै विघटन गरि नेपालको संविधान र लोकतन्त्र माथीनै गम्भीर प्रहार गरेको बिज्ञप्तिमा भनिएको छ ।

सरकारको प्रतिगामी कदमबाट देश नयाँ राजनितीक ध्रुबिकरण र जटिलता तर्फ धकेलिको हुँदा नेपालको सार्वभौम राष्ट्रिय हितको रक्षाको लागि राजनितीक दल तथा सबै तहका भातृ शुभेच्छुक सघंसंस्था नागरिक समाज अधिकार कर्मी पेशागत सघंसंगठन र आम जनसमुदायमा एकजुट भै बिरोध गर्न आव्हान गरेका छन ।- खुल्ला न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय