मंगलबार मुसिकोटमा  थप ११ जनामा कोरोना संक्रमण पुष्टी, कुल संक्रमितको संख्या १७८ पुग्यो

गोविन्द कंडेल, मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ११ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १३ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चाैकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ११ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज ५ जना संक्रमण मुक्त भएका छन ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. १ का १ जना पूरूष र १ जना महिला, वडा नं. २ का १ जना पूरूष र २ जना महिला, वडा नं. ३ का २ जना महिला, वडा नं. ४ का १ जना पूरूष र १ जना महिला, वडा नं. ७ का १ जना पूरूष, वडा नं. ९ का १ जना पूरूष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा १७८ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ ।

कुल १७८ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ५ जनाको मृ,त्यू भइसकेको, ८५ जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ९३ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका सहायक क.अपरेटर दिपेश रानाले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय