पत्रकारमहासंघद्वारा अक्सिजन अभियानका लागि ६० लाख सहयोग हस्तान्तरण

गुल्मी । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले ६० लाख रुपैयाँ जुटाएर त्यस अस्पताललाई सोमवार हस्तान्तरण गरेको छ ।

जिल्लामा अक्सिजन अभाव भएर संक्रमितहरुलाई गुल्मी अस्पतालले भर्ना गर्न नसेको र कतिपयको अक्सिजन अभावकै कारण ज्यान भए पछि नेपाल पत्रकार महासंघ गुल्मीले बैशाख २५ गते देखि अक्सिजन अभियान सञ्चालन गरि सहयोग रकम उठाउन सुरु गरेको थियो ।

उक्त रकम रकम महासंघका अध्यक्ष टोपलाल अर्याले सहितका पदाधिकारीले डाक्टर पाच्यालाई हस्तान्तरण गरेको हो । महासघंको अक्सिजनलाई जिल्ला समन्व्य समिति गुल्मीले १० लाख रुपैयाँ सहयोग गरेको थियो ।

सो रकम र ५० लाखको चेक सहित ६० लाख रुपैयाँ हस्तान्तरण गरिएको प्रति महासंघलाई धन्यवाल दिदै डाक्टर पाच्याले अब छिट्टै प्लान्ट स्थानमा जुटने प्रतिकृया दिए ।

पत्रकार महासंघका उपाध्यक्ष तथा अभियान ब्यवस्थापन समितिका संयोजक रेशम कुँवरका अनुसार घोषित केहि लाख सहयोग रकम उठन बाँकी रहेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले भने, “अक्सिजन सिलिन्डर अभाव पुरा गर्न सुरु गरेको अभियानलाई जिल्ला मै अक्सिजन प्लान्ट स्थापना गर्ने गरि सहयोग संकलन भएको प्रति सहयोगदा ब्यक्ति र संघ संस्थाहरुलाई धन्यावद दिन चाहन्छौं र जिवनभर उहाँहरु प्रति ऋणी भईनै रहेनेछौं । ’

यसअघि महासंघले ५ लाख मुल्य बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो । यस अभियानलाई देश विदेशबाट सहयोग गर्ने हुने र जिल्ला समन्ब्य समिति , रेसुङ्गा नगरपालिाका , प्रमुख जिल्ला अधिकारी , सबै राजनैतिक दल , संघ संस्था सबैले साथ दिएको प्रति पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले धन्यवाद दिदै महासंघ परिवार आभारि रहेको बताए ।

‘पत्रकारहरुले आँखा खोली दिए ’
जिल्ला समन्व्य समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले नेपाल पत्रकार महासंघको यो अभियानले स्थानिय सरकार , जिल्ला समन्व्य , प्रदेश र संंघिय सरकारको समेत आँखा खोलि दिएको प्रतिकृया दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले नेपाल पत्रकार महासंघले चलाएको अभियानले जिल्ला मै अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको र आज विहान यस विषयमा बैठक बसेर टेन्टर प्रकृयामा जान थालिएको भन्दै पत्रकार महासंघलाई धन्यवाद दिईन ।

संघिय समाजवादी पाटीका अध्यक्ष घनश्याम पाण्डेले नेपाल पत्रकार महासंघले निकै सह्रायिन कार्य गरेको भन्दै धन्यवद दिए । माओवादी केन्द्र गुल्मीका अध्यक्ष बिरबहादुर कार्कीले पत्रकार महासंघले उदाहरणिय कार्य गरेको भन्दै धन्यवाद दिए ।

नेकमा एमाले ओली समुहका जिल्ला पार्टी सचिवालय सदस्य कृष्ण सुनारले पत्रकार महासंघले अभियान छेडे पछि संघिय सरकारको पनि ध्यान गएको र एक करोड विनियोजन गरि पठाएको भन्दै महासंघलाई धन्यवाद दिए ।

नेकपा एमाले माधव नेपाल समुहका जिल्ला पार्टी सचिवालय सदस्य हिरा एसीले राज्यको नजर पुग्न नसकेर जिल्लामा अक्सिजन अभाव भई रहेको बेला पत्रकार महासंघले अक्सिजन अभाव हुन नदिएको र दिर्घकालिन रुपमै गुल्मी र छिमेकी जिल्लालाई समेत अक्सिजन अभाव हुन नदिन प्लान्ट स्थापना गर्न लागेको प्रति धन्यवाद दिए ।

नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले नेपाल पत्रकार महासंघ गुल्मीले जिल्लामा ऐतिहासिक कार्य गरेको र राज्यको आँखा उघार्ने काम समेत गरेको प्रतिकृया दिए । – ग्लोबल आवाज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय