राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा युवाहरुले गोवरले हाने

काठमाण्डौ – असंमबैधानिक काम गरेको भन्दै पछिल्लो समय प्रधानमन्त्री र राष्ट्रपतिको निकै आलोचना भइरहेको छ ।

यसै विच युवाहरुले प्रधानमन्त्री र राष्ट्रपतिको तस्विरमा गोवर छ्यापेका छन । पाल विद्यार्थी संघका विद्यार्थीहरुले यस्तो काम गरेको आरोपमा प्रहरी केहि युवाहरुलाई पक्राउ पनि गरिसकेको छ ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए । मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्पति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।

नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव त्रिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति घोर भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गर्नु भएको छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय