फ्यानले मन पराएका स्वस्तिमाका हट एण्ड बोल्ड तस्विहरू

नायिका स्वस्तिमा खड्का पछिल्लो समय बि(किनी अवतारमा खुल्दै जान थालेकी छिन् । सामाजिक सञ्जालमा उनले बि(किनी अवतारका तस्वीरहरु शेयर गर्न थालेको लामो समय भइसकेको छ ।

केही समयअघिसम्म पनि उनलाई सामान्य नायिकाका रुपमा लिने गरिन्थ्यो । न त उनले अभिनय गरेका चलचित्रका कारण नै उनको चर्चा हुन्थ्यो ।

चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थाल्यो । यो फिल्ममा पनि स्वस्तिमा एक सामान्य र सोझी युवतीको भूमिका निभाएकी थिइन् ।

पछिल्लो समय भने उनले सामाजिक सञ्जालमा उनले आफ्नो बि(किनी अवतारलाई निरन्तर प्रस्तुत गर्न थालेकी छिन् ।

त्यसो त केही पहिलेसम्म यसरी बि(किनी लगाएका तस्वीर राख्दा फ्यानले गाली गर्ने गर्थे । अहिले भने यसलाई सामान्य रुपमा लिन थालिएको छ ।

समाज सामान्य बन्दै गएपछि नायिकाहरुलाई अझ खुला हुन पो मन लागेको हो किरु जे होस्, बि(किनी भेषमा देखिने नायिकाहरुमा स्वस्तिमा पनि थपिएकी छिन् । र उनी निकै सुन्दर पनि देखिएकी छन् ।

थप जानकारी स् स्वस्तिमाले साइन गरिन् ‘थिरिमाली’

नायिका स्वस्तिमा खड्काले साउथ चलचित्र ‘थिरिमाली’ साइन गरेकी छिन् ।

काठमाण्डौको एक पाँच तारे होटलमा नायिका खड्का र चलचित्रको निर्माणपक्षविच कागजी संझौता भएको छ ।

स्वस्तिमाले चलचित्र साइन गरेपछि आफूलाई यो चलचित्रबाट धेरै कुरा सिक्न र करिअरलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

नायिका खड्काले चलचित्र ‘चिसो मान्छे’मा काम गरेपछि यो चलचित्रका लागि समय दिनेछिन् । यो चलचित्रको छायांकन ७० प्रतिशत नेपाल र ३० प्रतिशत भारतमा हुनेछ ।

राजिव सेट्ठीले निर्देशन गर्ने यो चलचित्रलाई दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज् र नेपालको तर्फबाट अनन्या फिल्मस्ले निर्माण गर्नेछन् ।

चलचित्रमा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको मुख्य भूमिका रहनेछ ।

नेपालबाट स्वस्तिमा, माओत्से गुरुङ र केही थिएटरका कलाकारको अभिनय रहने छ । यो चलचित्रको छायांकन नेपालको काठमाण्डौ र मुस्ताङमा हुनेछ ।

नायिका स्वस्तिमा खड्का पछिल्लो समयमा पहिरन छनोटमा निकै सजग छिन् । यसैले पनि सार्वजनिक कार्यक्रममा उनले लगाउने पहिरनले चर्चा पाउने गरेको छ ।

स्वस्तिमा खड्का आफूलाई फिट राख्न पनि हरदम प्रयास गर्छिन् । फिट रहने र पहिरनमा पनि चुजी भएका कारण स्वस्तिमाको सुन्दरता र स्टाइल सार्वजनिक कार्यक्रममा झल्कने गरेको छ ।

नायिका स्वस्तिमा खड्का अब नाटकतिर मोडिएकी छिन् । उनी, उपन्यास ‘पल्पसा क्याफे’मा आधारित रहेर तयार हुन लागेको नाटक ‘पल्पसा’मा काम गर्दैछिन् ।

यस्तै, उनले चलचित्र ‘चिसो मान्छे’मा पनि काम गर्ने तयारीमा छिन् । यो चलचित्रका लागि उनले लिएको पारिश्रमिक पनि चर्चामा रहेको थियो । चलचित्र ‘बुलबुल’मा काम गरेपछि चुलिएको उनको उचाई अहिले लोभलाग्दो बनेको छ ।

रियल जोडी निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको विवाह भएको लामो समय भइसकेको छ ।

अभिनयमा ब्यस्त यो जोडीको अहिलेसम्म बच्चाको प्लान छैन । सायद त्यसैले पनि होला उनीहरु अचेल एकसाथ जहाँ देखिन्छन् । त्यहाँ एक प्रश्न सोध्ने गरिन्छ । बच्चा कहिले हुन्छ रु

केही समयअगाडी ‘घामड शेरे’को ट्रेलर रिलिज कार्यक्रममा पनि उनीहरुमाथि यो प्रश्न तेर्सिएको थियो । उक्त अवसरमा अभिनेत्री स्वस्तिमाले अहिले सन्तान जन्माउने आफुहरुको कुनै योजना नरहेको जानकारी दिइन् ।

कार्यक्रममा अभिनेत्री स्वस्तिमाले आफुहरुको सन्तान अझै केही वर्षपछि आउने तर कडा आउने बताइन् । उनले भनिन्, ‘ढिलो आउँछ तर कडा आउँछ ।’ स्वस्तिमाको जवाफमा निश्चिल भने हाँसीरहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय