देउवाभन्दा पहिल्यै शितलनिवास पुगे ओली

काठमाडौँ । नयाँ सरकारको दावी गर्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासहितका नेताहरु १४९ जना सांसदहरुको हस्ताक्षरसहित शीतलनिवास पुग्नुभन्दा अघिनै कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेको पाइएको छ ।

सुरक्षासहितको सभापति देउवाको गाडी शितलनिवासमा तीन बजेर ३२ मिनेटमा प्रवेश गरेको थियो । तर त्यो भन्दा अघि नै प्रधानमन्त्री ओली त्यहा पुगिसकेको स्रोतले बतायो ।झण्डै एकैसाथ शितलनिवास पुगेका विपक्षी समूह र ओलीसँग अलगअलग भेटेपनि त्यतिबेला ओलीको शितलनिवास प्रवेशले विभिन्न अड्कलबाजी जन्माएको छ।

प्रतिपक्षले नयाँ सरकार निर्माणका लागि बहुमत जुटाइसकेको अवस्थामा ओलीले त्यसलाई रोक्न आफ्ना पार्टीका २७ जना असन्तुष्ट सांसदविरुद्ध कारवाही गरेको जानकारी राष्ट्रपतिलाई दिनका लागि शितलनिवास पुगेको अड्कलबाजी पनि भइरहेको छ।

उता जसपाका महन्थ ठाकुरले पनि उपेन्द्र यादव पक्षलाई कारवाही गरेको जानकारी शितलनिवासलाई गराएको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय