‘राष्ट्रपतिलाई ‘महाअभियोग लगाएर बिदा गरौं’: कांग्रेसका नेता थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन आह्वान गर्नुभएको छ ।

हाँले सामाजिक सञ्जाल फेसबुकमार्फतनयाँ सरकार गठनका लागि दिइएको समय अगावै नयाँ सरकार बनाएर प्रधानमन्त्री ओलीलाई विदा गर्न पनि आह्वान गर्नुभएको हो । थापाले लेख्नुभएको छ, ‘विश्वासको मत लिन मन नलागे प्रम (प्रधानमन्त्री)ले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो रु जानेर गरेको हो ।

गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर राप (राष्ट्रपति)लाई बिदा गरौं । प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभाका सदस्यलाई आह्वान गर्नुभएको हो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरु नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय