बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।

बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको समर्थन थियो।

बादललाई भने एमालेको केपी शर्मा ओली पक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो। नेपाल मजदुर किसान पार्टीले आफैं उम्मेदवारी दिएको थियो भने विवेकशील साझा पार्टीले मतदानमा भाग नलिने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय