कोरोना संक्रमणका कारण बागलुङमा थप २ जनाको मृत्यु

बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

काठेखाला गाउँपालिकाका एक पुरुष र बडिगाड गाउँपालिकाकी एक महिलाको मृत्यु भएको हो । धौलागिरी अस्पतालमा काठेखोला गाउँपालिकाका ८९ वर्षीय पुरुष र
बडिगाड गाउँपालिका वडा नम्बर ४ मा ७७ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

काठेखोला गाउँपालिका ७९ वर्षीय पुरुष बैशाख २८ गते संक्रमण पुष्टि भएको थियो भने उनी स्वास्थ्यमा समस्या आएपछि २५ गते नै अस्पतालमा आएमो घिमिलेको भनाई छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४ की ७७ वर्षीया महिलामा २२ गते कोरोना संक्रमण पुष्टि भएको उनको भनाई छ । बागलुङमा हरेक दिन संक्रमितको संख्या थपिँदै गएको छ ।

यो पनि पढ्नुहोस् पर्सा : पर्साको जगरनाथपर गाँउपालिकामा पछिल्लो २ सातामा १६ जनाको मृत्यु भइसकेको छ । ती मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य ३ जना मृतकको कोरोना परिक्षण नगरिए पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

मृतक १६ मध्ये ७ जना चिलझप्टी गाँउकै बासिन्दा हुन् । चिलझप्टी गाँउका घरघरमा संक्रमण फैलिसकेको पुष्टि भइसकेको भएपनि संक्रमण नियन्त्रणका लागि अहिलेसम्म कुनै पहल नभएको गाँउपालिकाकै स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र साहले स्वीकारे । गाँउपालिकाको अनुरोधमा वीरगन्जबाट बैशाख २८ गते चिलझपटी गाँउमा पुगेको स्वासथ्यकर्मीको टोलीले ११ जनाको एन्टिजेन परिक्षण गर्दा ७ जनामा संक्रमण भेटिएको थियो ।त्यहि दिन टोलीले २५ जनाको स्वाब संकलन गरि नारायणी अस्पतालमा ल्याएर पीसीआर परिक्षण गर्दा २५ मध्ये १५ जनामा संक्रमण पुष्टि भएको थियो ।

साहका अनुसार चिलझपटी गाँउमा संक्रमण पुष्टि भएका २२ जना संक्रमितहरूको अहिलेसम्म कन्ट्याक्ट ट्रेसीङ समेत हुन सकेको छैन । गाँउका घरघरमा संक्रमण फैलिसकेको भएपनि सामग्रीको अभावमा परीक्षण हुन सकेकाे छैन ।

चैत २८ गते स्वास्थ्यकर्मीको टोलीले चिलझपटी गाउँको घरघरमा पुगेर तापक्रम जाँच्दा , ज्वरो र रुघाखोकीका १ सय ७६ जना बिरामी फेला पारेको थियो । गाँउभरि नै संक्रमण फैलिएको पुष्टि भइसकेकाले तत्काल परिक्षण कार्य शुरु नगरिए गाँउको अवस्था झन् भयावह बन्ने साहको भनाइ छ । नेपाल समाचारपत्रमा खबर छ ।- बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय