विष्णुप्रसाद आचार्य”चकित”, मुसिकोट गुल्मी

नेपाल विद्यार्थी संघ गुल्मीले कोरोना महामारीका बिच विपत्तिमा सहयोग गर्ने भन्दै “कोरोना महामारीमा हामी तपाइँसंगै” भन्ने नाराका साथ “हेलो नेविसंघ गुल्मी” अभियान संचालन गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ समाधानको सारथी बन्नको लागि यस्तो अभियान संचालन गरिएको नेविसंघ गुल्मीका सभापति पाण्डेले नबखबरलाई जानकारी दिनुभयो ।

पछिल्लो समय आर्थिक रुपमा सहयोग गर्ने सहयोगीहरुको भीड नै लागेपनि भौतिक रुपमा प्रत्यक्ष रुपमा भौतिक उपस्थिति देखाएर सहयोग गर्नको लागि आम नागरिकहरुमा त्रासको स्थिति पैदा भएको र घरभित्रै बसेर सिमित हुनुपर्ने अवस्था सिर्जना भएकोले यस्तो अवस्थामा नेविसंघ गुल्मीले भौतिक उपस्थितिको साथै हेल्प डेस्कको रुपमा काम गर्न चाहेको सभापति पाण्डेको भनाइ छ ।

गुल्मी जिल्लामा यतिबेला अक्सिजन लगायत आइसुलेसन सहितका उपचार कक्ष स्थापना समेत भैसकेको अवस्थामा उक्त सेवा लिनको लागि कोहि,कहिँ,कतै विरामी परेको र सेवाको लागि अलमल परेको खण्डमा नेविसंघले त्यसलाई समन्वय गर्ने जनाएको छ

नेविसंघले आफ्नो संगठन विस्तारको क्रममा गाउगाउ पुगेकोले हरेक ठाउमा परिचय भएका प्रतिनिधिहरुलाई गाउ र नगरपालिका लगायत जिल्लामा सम्पर्क व्याक्ति तोकेर सहयोग अभियान संचालनमा ल्याएको हो । जसको नाम,जिम्मेवारी तोकिएको ठाउ र सम्पर्क नम्बर निम्नानुसार तोकिएको छ । विपतमा उहाहरुलाई समन्वयको लागि सम्पर्क गर्न नेविसंघले अनुरोध गरेको हो ।

नेपाल विद्यार्थी संघ सुख दुखको साथी हो भन्ने महशुस हुने गरि विगत देखि नै सामाजिक तथा रचनात्मक काम गर्दै आएको नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य सुदर्शन खनालले प्रतिक्रिया दिनुभयो ।

खनालले विगतलाई स्मरण गर्दै भन्नुभएको छ “भुकम्पमा फोक्सिङ,आगलागीमा दजाकोट, बाढीपहिरो लगायतलाई उठाउनमा सहयोगी बनेको नेबिसंघ गुल्मी यो महामारीमा पनि उत्तिकै सहयोगी साबित होस। यथास्थानमा नेबिसँघका साथीहरूमार्फत समस्याको सञ्चार गर्नुहोला । सम्पर्क गर्नुहोला । Help desk सफलताको शुभकामना ।।”

साथै नेविसंघ गुल्मीले यो विपतमा सबैलाई सुरक्षित रहनको लागि सावधानी उपनाउन पनि अनुरोध गरेको छ । आफु सुरक्षित रहदै विपतमा परेकालाई मानवीय भावनाले सक्दो सहयोग गर्न पनि संघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय