शनिबार मुसिकोटमा एकै दिन १६ जनाले जिते कोरोना

– सागर भण्डारी । गुल्मी: मुसिकोट नगरपालिकामा शनिबार एकै दिन १६ जनाले कोरोना जितेका छन्।

नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीका अनुसार विभिन्न समयमा सक्रंमण पुष्टी भएर होम आईसोलेसनमा रहेका १६ जनाले कोरोना जितेका हुन्।यसैबीच नगरपालिकामा आज थप २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नं ७ का २० वर्षीय पुरुष र वडा नं ५ का ५३ वर्षीय पुरुषमा सक्रंमण पुष्टी भएको हो।

३ जनाको शंकास्पद लक्षणका आधारमा गरिएको ऐन्टिजेन परिक्षणमा २ जनामा सक्रंमण देखिएको नगर स्वास्थ्य संयोजक जिसीले जानकारी दिनुयभो। नगरपालिकामा सक्रियं सक्रंमितको संख्या ८५ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय