काग्रेस गुल्मीले जिल्ला हस्पिटललाई दियो ५० सिलिन्डर अक्सिजन

गुल्मी । महामारीको यो कठिन परिस्थितिमा देशैभरी अक्सिजनको अभाव भैरहदा धेरै जनाले ज्यान गुमाउनु परेको छ । गुल्मी जिल्लामा पनि अक्सिजन अभाब भएर बिरामीको ज्यान बचाउन निकै मुस्किल भैरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गर्ने गरेका छन ।

जिल्लामा सक्रमितको सख्या तिब्र रुपमा बढेको र अक्सिजनको अभाब सिर्जना हुन थाले सङ्गै जिल्ला हस्पिटल गुल्मीका मे सु डाक्टर उत्तम पाच्याले सामाजिक सन्जाल मार्फत अक्सिजन सहयोग गर्न आम रुपमा अपिल गरेका थिए । केहिदिन पहिले नेपाली काग्रेस गुल्मीले जिल्ला हस्पिटलको लागि ५० थानको लागि अक्सिजन सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

सोही अनुसार शुक्रबार जिल्ला हस्पिटललाई ५० थानको लागि पुग्ने अक्सिजन प्रादान गरेको काग्रेस गुल्मीमा सभापति भुवन श्रेष्ठले जानकारी गराएका छन । आफू जिम्मेवार पार्टी प्रमुख भएको र यो बिपतको बेलामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै अहिले यो सहयोग गरेको साथै आगामी दिनमा समेत आफुहरुले जति सक्दो सहयोग निरन्तर रुपमा गर्ने सभापती श्रेष्ठले बताए ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरले महामारीको रुप लिदासम्म पनि नागरिकलाई अक्सिजनसम्म नपुर्‍याउने, आफ्नो सत्ता टिकाउने खेलमा मात्र सरकार ब्यस्त भैरहेको र नागरिकको जीवन रक्षाको लागि सरकार उदाशिन देखिएको हुँदा आफ्नो पार्टीले जिम्मेवारी बहन गरेको श्रेष्ठको भनाई छ ।- खुल्ला न्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय