काठमाण्डौ – सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ ।
बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो ।आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराई गोलाप्रथाबाट २ लाख ३४ हजार १ सय ९५ जनाले शेयर १० कित्ताको दरले शेयर पाएका छन् । २ लाख ३४ हजार १ सय ९५ जनाले मध्ये ४ जनाले भने ११ कित्ता शेयर पाएका छन् ।
सर्वसाधारणलाई बिक्री गरिएको २३ लाख ४१ हजार ९५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १९५ जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख २ हजार ५०० भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । कम्पनीको शेयरमा १७ लाख ३६ हजार २ सय आवेदकले आवेदन दिएका थिए ।
नजिता केहि समयमा iporesult.cdsc.com.np मा गएर हेर्न सकिने छ ।- आर्थिक संदेश
यो पनि पढ्नुहोस् नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् । केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ ।
मध्य भोटेकोसी जलविद्युत आयोजनाले नेपाल धितोपत्र बोर्डबाट मङ्गलबार १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । जुन १ अर्ब ५० करोड बराबर हुन आउँछ ।
कम्पनीले कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड छ ।
अनुमति पाएसँगै अब यही महिना भित्रमा शेयर निष्कासन प्रक्रियामा जाने कम्पनीको योजना छ ।