बुधबार मुसिकोटमा थप ५ जनामा कोरोना संक्रमण पुश्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा बुधबार थप ५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको १० जनाको एन्टिजेन परिक्षणमा ५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ ।
संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ कि १ जना महिला, वडा नम्बर ४ का १ जना पुरुष, वडा नम्बर २ का २ जना पुरिष र १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या १०० पुगेको छ ।

हालसम्म नगरपालिकामा कुल कोरोना संक्रमित मध्य ३ जनाले कोरोनालाई जित्न सफल भएका छन भने ३ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

अहिले नगरपालिकामा कुल ९६ सक्रिया कोरोनाका संक्रमित रहेको र बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्
गुल्मी । बिश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरले गुल्मी जिललाको मुसिकोट नगरपालिका पनि प्राभाबित बन्दै गएको छ ।

कोरोना जोखिम नियन्त्रण गर्नका लागी जिल्लाभर लकडाउन जारि भएपनी कोरोना संक्रमित र कोरोनाका करण ज्यान गुमाउने संख्या दिन प्रति दिन बढि रहेको छ ।

कोरोना संकर्मण यहि गतिमा बढ्दै जाने हो भने मुसिकोट समुदायमा ठुलो बिपत आउन सक्ने देखिन्छ ।

मुसिकोट समुदायमा कोरोना महामारिलाई कम गर्नका लागि हामी सबैले सतर्कता अपनाउनु अति जरुरि छ ।

आफु आफ्नो घरपरिबार र समुदायलाई कोरोना संक्रमण बाट बचाउन अति आबस्यक काम बाहेक घर बाहिर ननिस्कने, निस्कनै परे नक मुख राम्रो संग छोप्ने, माक्स नियमित प्रयोग गर्ने, समय समयमा साबुन पानिले हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, बाहिरबाट घरभित्र आईसकेपछि बन्द कोठामा माक्स नखोल्ने, बिबाह ब्रतबन्द जस्ता सामाजिक कार्यको आयोजना नगर्ने, गर्नै पर्ने भएमा कम्तिमा २ मिटरको दुरि कायम गार्ने, तातो पानि र जडिबुटिको नियमित प्रयोग गर्ने लगायतका सुरक्षाका उपाए अपनाईयो भने हामी कोरोना संक्रमनबाट बच्न सकिन्छ ।

कोरोना संक्रमणबाट बच्न हामि सबै सतर्क बनै,आफ्नो घर वा नजिक कसैमा कोरोनाका लक्ष्ण देखियमा तुरुन्त चेक जांच गराउ यस कोरोना महामारिबाट आफु पनि बचु र अरुलाई पनि बचाउ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय