मंगलबार एकै दिन मुसिकोटमा थप १५ जनामा कोरोना संक्रमण पुश्टि

भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा मंगलबार थप १५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको १९ जनाको एन्टिजेन परिक्षणमा १६ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ ।संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर २ का २ जना पुरुष, वडा नम्बर ३ का १ जना पुरुष, वडा नम्बर ५ का ३ जना पुरुष र २ जना महिला,वडा नम्बर ७ का २ जना पुरुष र ३ जना महिला वडा नम्बर ८ का १ जना पुरुष र वडिगाड गाउँपालिका का १ जना रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या ९३ पुगेको छ । हालसम्म नगरपालिकामा कुल कोरोना संक्रमित मध्य ३ जनाले कोरोनालाई जित्न सफल भएका छन भने ३ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

अहिले नगरपालिकामा ९० सक्रिया कोरोनाका संक्रमित रहेको र बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय