भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा आईतबार थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको ९ जनाको एन्टिजेन परिक्षणमा ७ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको छ । संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ७ का ३ जना पूरूष र १ महिला, वडा नम्बर ४ का १ जना पुरुष र १ जना महिला, र वडा नम्बर ३ कि १ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
आईतबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै मुसिकोट नगरपालिकामा कुल संक्रमितको संख्या ७३ पुगेको छ ।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।
बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस् आइतवार ८ हजार ८५० संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयलेका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर र ५०६ एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १ सय ६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।