गुल्मी । नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ ।
पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताउनुभएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक उहाँले जिल्लाभर फैलिएको कोरोना प्रकोपको भयावह अवस्थालाई दृष्टिगत गरी नेपाली कांग्रेस गुल्मीले समाजप्रतिको सामाजिक उत्तरदाहित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने बताउनु भएको थियो ।
हामी सबैको यो पार्टी कार्यालय जनताको सेवामा समर्पित गर्दै कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने उहाँले भन्नुभयो । त्यस्तै सम्बन्धित पक्षलाई सम्पुर्ण आवस्यक व्यवस्था मिलाउन पनि उहाँले अनुरोध गर्नुभएको छ ।
यो पनि पढ्नुहोस् गुल्मीको मुसिकोट नगरपालिकामा मंगलबार थप ४ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
आअ वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको ६ जनाको एन्टिजेन परिक्षणमा ४ जनामा सक्रंमण पुष्टी भएको छ ।
संक्रमितहरू मध्ये ३ जना मुसिकोट नगरपालिका वडा नम्बर ७ का पुरुष रहेका छन भने १ जना वडा नम्बर ४ कि महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै नगरपालिकामा कुल संक्रमितको संख्या ६६ पुगेको छ । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।
बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।