मेरो देशमा भ्रष्ट्राचारी नालायक भारतीय कठपुतलीहरु छप्काउन सक्ने जिउँदो मान्छे छैन त कोही??

हेमनाथ खराल
(वैदेशिक रोजगारीमा रहेका सचेत वामेली युवा)

आफ्नो कार्यकाल पुरा भएपछि पनि दुइ महिना निरन्तर नेपाल बसेका भारतीय खुफिया एजेंसीका नेपाल हेर्ने एजेन्ट भारत फिर्ता नहुँदै फेरि भारतीय खुफिया एजेंसी रअका नयाँ नेपाल प्रमुख,

राघब_प्रसाद_भट्नागर ईन्डिया एयरलाइन्सको बिषेश उडानबाट नेपाल आइसकेका छन् ।

यसै हप्ता मात्रै भारतीय खुफिया एजेंसीका बिभिन्न ब्यक्तीलाई प्रयोग गरेर नेपालका सभासद खरिद बिक्रीका ठुला कार्यक्रम गरिएका छन् ।

त्यस्तै चार करोडदेखि सोह्र करोड बढीका झोला जबरजस्ती सभासदहरुलाइ दिइएको र फिर्ता गर्दा समेत फिर्ता नलिएको कुरा ब्यापक समाचारमा आएकै थियो ।

अचानक आधादर्जन अध्यादेश आउनु, एमसिसी पारितका लागि अचानक प्रचण्डका बक्तब्य बाहिरिनु, अल्पमतका प्रदेश प्रमुख थमौतीका घटनाहरु ।

भारतीय मुभि सुटिङका दृश्यहरु देखाएर हठात् नेपालमा कोरोना बढेको भनेर गरिबिको रेखामुनीका नागरिकका लागि खाद्य ब्यबस्था नगरि लडाउनको घोषणा गरिनु, लकडाउनको समय पारेर भारतबाट (सडकको बाटो सयौं गाडि र आकास मार्गबाट बारबार जहाज) आइरहनु शंकास्पद छ।

निजि सत्ता स्वार्थ सिद्धीका लागि जेपनि गर्न तयार हाम्रो देशका शीर्ष राजनितिक नेताहरुलाइ ठिक पार्ने देशभक्त बहादुर युवाको खाँचो देखिन्छ ।

छ कोही जंग बहादुर?? कथित संबैधानिक परिषदको बैठकमा कोतपर्व मच्चाउन सक्ने??

मेरो देशमा भ्रष्ट्राचाररी नालायक भारतीय कठपुतलीहरु छप्काउन सक्ने जिउँदो मान्छे छैन त कोही??

जनताको मत बिना दुइदुइ पटक रास्ट्रपति बनाइएकी महामहिमले बलात्कारी र हत्याराहरु, देशद्रोहीहरुलाइ आम माफि दिने र बार बार बिभिन्न बिबादास्पद अध्यादेशमा लाहाछाप लगाउने उनको दुर्नियतमाथि प्रश्न गर्न सक्ने सचेत युबा मरिसकेकै हुन् मेरो देशमा??

राजनितीकर्मीहरुको काम हामी मजदुरहरुले नगरि नहुने अवस्था शृजना भएकै हो मेरोदेशमा??

नागरिकको पसिनाको रकमबाट चर्को तलब खाने हजारौं जननिर्वाचित सभासदहरु र लाखौं पत्रकारहरुले नागरिकलाइ सहि संदेश संप्रेषण गर्नु पर्दैन ?

न्याय मर्यो, कानुन दुरुपयोग गरिएको छ, नेताहरु बिचौलियाको आदेशमा चल्दछन्, मन्त्रीहरु रअको आदेशमा चल्दछन्, सेनाले प्लटिङको दलालि गर्दै छन्, प्रहरी प्रशासन भ्रष्ट्राचार जोगाउने जागिर खाएका छन्, प्रधानमन्त्री ठुला भ्रष्ट्राचारीलाइ मन्त्री बनाउने उद्योग नै चलाएका छन् ।

सांसदहरु ठुलो झोला हेरी भ्रष्ट्राचारीहरुलाइ जिताउने काम गरेका छन्, मेयरहरु ट्रीपर ब्यबसायि बनेर राजधानीमा ब्यापार शुरु गरेका छन्, वार्ड अध्यक्षहरु डोजर स्काभेटरको धन्दा गरी शहरमा घडेरी जोड्दै छन् ।

ट्राफिक प्रहरी साइकिल सवारलाइ कुट्नका लागि खटिएका छन्, कानुन ब्यबसायि र पत्रकारहरु आदेश पालना गर्ने चाकरि गर्नेमा पल्केका देखिन्छन्, प्रोफेसर प्राज्ञंविज्ञहरु मुकदर्शक देखिन्छन् ।

बोर्डिङ स्कुलहरु अनलाईन क्लासको नाममा अकुत कुम्ल्याउने दाउमा छन्।
ब्यबसायिहरु थला परेका छन्।

#नागरिकहरु रोग शोक अनि बेरोजगारको सिकार छन्, भोकै छन् त्राहित्राहि छन्।
मेरो प्रश्न!!

यस्तै हुन्छ सुखि नेपाली संबृद्ध नेपालको बाटो??

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय