काँग्रेस संसदीय दलको बैठक बस्दै,

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । आज (शनिवार) दिउँसो दुई बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सन्दर्भमा आफ्नो रणनीति बनाउन बैठक बस्न लागेको उहाँको भनाइ छ । २७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार कसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो ।

खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने छ ।बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्ने बुझिएको छ । बुधबार विहीबार र शुक्रबार देउवा निवासमा तीन महत्वपूर्ण राजनीतिक भेटवार्ता भएका थिए ।

क्रमशः प्रधानमन्त्री ओली, एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवासँग भेटवार्ता गरेका थिए ।प्रधानमन्त्री ओली विश्वासको मत माग्न पुगेका थिए भने नेपाल र प्रचण्डले देउवासँगको भेटवार्ता विपक्षी गठबन्धन बलियो बनाउने रणनीतिमा केन्द्रित थियो ।

देउवाले ओलीलाई विश्वासको मत दिन नसकिने जवाफ फर्काएका छन् भने प्रचण्ड र नेपालसँगको छलफलबारे ठोस कुरा बाहिर आएको छैन ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय