गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका ७ वामीका एक युवा बडिगाड खोलामा मृत फेला परेका छन् ।
शुक्रवार विहान माछा मार्ने क्रममा बडिगाड खोलामा पुगेका मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी २२ वर्षका मिलन कुमाल वेपत्ता भएका थिए । प्रहरीले विहानैदेखि खोजी कार्य शुरू गरेको थियो ।
उनको शव बढिगाड खोलाको बिच भागमा ढुंगामा अडकिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै जिल्लामा अर्का युवा पनि मृत भेटिएका छन् । मालिका गाउँपालिकाको पटौती जंङ्गलमा एक युवा मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत भेटिनेमा मालिका गाउँपालिका ३ ह्वाङदी बस्ने ४८ वर्षीय प्रेम बहादुर घर्ती रहेका छन् ।
पटौती जंङ्गलको गोरेटो बाटोदेखि करिब २ सय मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेको जनाइएको छ । यस बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।