टिकटक बनाउने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।

धरानबाट ओखलढुंगा आउँदै गरेका धरान– ५ का १८ वर्षीय सुवास परियारको उदयपुरको कटारी नगरपालिका– ११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको हो ।

धरानबाट ओखलढुंगातर्फ जाँदै गरेको सुमोमा यात्रा गरिरहेका परियार उदयपुरको हर्देनीमा सुमो बिग्रिएपछि सवारीबाट ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।

टिकटक बनाउँदै गर्दा भिरबाट लडेर गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए ।

घटनास्थलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अर्को समाचार गुल्मी – कोरोनाभाइरस संक्रमणको दोस्रो लहर समुदायस्तरमा फैलने क्रम बढ्दै गएपछि घोषणा गरिएको लकडाउन थपिएको छ ।

शुक्रवार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालयको बैठकले जेठ ४ गतेसम्मको लागि लकडाउन थप्ने निर्णय गरेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको जिल्ला डिसीसीएमसीको बैठकले शनिवार राति १२ बजेदेखि लागू हुने गरी आज सम्म एक हप्ते लकडाउन गरेको थियो ।

तर संक्रमणको चेनब्रेक गर्नको निम्ती यो हप्ता काफी नभएको निष्कर्ष निकाल्दै थप १० दिन लकडाउन थप्ने निर्णय भएको हो ।

यसपटकको लकडाउन अझै कडा गरिने भएको छ । मानिसहरु खुला रुपमा हिड्न पनि पाइने छैन । उक्त अवधिमा औषधि पसल चौबिसै घण्टा खुल्ने छन् भने अत्यावश्यक उपभोग्य बस्तु बेच्ने पसल विहान दिनको केही घण्टामात्र खुल्ने छन् ।

बैंकहरु दिउँसो केही घण्टा खुल्नेछन् । तर वित्तिय संस्थाहरु भने खुलाउन पाइने छैन ।

यसबाहेक सडकमा अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन । तर जिल्ला हुँदै चल्ने लामो दूरीका सवारी साधन भने चल्न पाउनेछन् । तर जिल्ला भित्र रोकिन भने पाउने छैनन् । त्यस्तै एम्बुलेन्स, प्रेस, दुध , पानी बोक्ने गाडीहरु भने चल्न पाउने प्रशासनले जनाएको छ ।

जिल्लामा कोभिडको दोस्रो लहर व्यापक फैलिदा हालसम्म १५ जनाको निधन भइसकेको छ भने करिब ५ सय संक्रमित पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय