भुवन काफ्ले मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा बुधबार थप ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको ७ जनाको एन्टिजेन परिक्षणमा ६ जनामा सक्रंमण पुष्टी भएको छ ।संक्रमितहरू मध्ये मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घाका ३ जना वडा नम्बर ७ का वामीका २ जना र वडा नम्बर ८ का १ जना रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले नबखबरलाई जानकारी दिनुभयो ।
बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै नगरपालिकामा कुल संक्रमितको संख्या ६० पुगेको छ ।बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।
बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।