पोखरेल समर्थक ‍एक सांसदल माओवादी केन्द्र प्रवेश

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिनुभएका एक जना एमाले सांसदले पनि पोखरेलको साथ छाड्नुभएको छ ।

पोखरेलको पक्षमा रहनुभएका दाङ क्षेत्र नं. २ ख बाट निर्वाचित नेकपा एमाले सांसद अमरबहादुर डाँगी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।माओवादीमा प्रवेश गर्दा मुख्यमन्त्री पोखरेलले सांसद पदबाट काराबाही गर्ने भएकाले त्यसअघि नै डाँगीले सांसद पदबाट राजीनामा दिने माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले जानकारी दिनुभयो ।

‘अमरबहादुर डाँगीज्यू माओवादी प्रवेश गर्ने सहमति भइसक्यो। माओवादीमा प्रवेश गर्ने भनेपछि एमालेले कारबाही गरिहाल्छ त्यो भन्दा पहिलै सांसदबाट राजीनामा दिने भन्ने छ’थारुले भन्नुभयो, ‘आजै उहाँ माओवादी प्रवेश गरेर सांसद पदबाट राजीनामा दिने सम्भावना छ।’

यता माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा भोलि बुधबार स्वागत गरिने बताउनुभयो ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडनुभएकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । उहाँ दाङ क्षेत्र नम्बर ३ ख बाट निर्वाचित हुनुभएको थियो ।

डाँगीले साथ छाडेसँगै मुख्यमन्त्रीको पक्षमा ३८ जना सांसद मात्रै हुने भएका छन्। यसअघि एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिनुभएको थियो । राजीनामा दिएसँगै उहाँ नेपाली कांग्रेस प्रवेश गर्नुभएको थियो ।- ज्योतिन्यूज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय