उपत्यकाको निषेधाज्ञा थप एक हप्ता लम्बाइयो

काठमाडौं । गत विहिबारदेखि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा थप एक हप्ता लम्बाइएको छ ।उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

जारी निषेधाज्ञा कडा नभएको भन्दै अर्काे निषेधाज्ञा अझै कडा बनाउने पनि बैठकले निर्णय गरेको छ । पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

यो पनि पढ्नुहोस् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ ।बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।

सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।

सवांदको क्रममा दाहालले देउवालाई ओलीले विश्वासको मत लिने निर्णय गरेपछि अबको रणनीति के हुने भन्नेबारे सोध्नुभएको थियो । देउवाले भने पार्टीमा छलफल गरेर जानकारी दिने भन्नुभएको थियो ।
यसैबीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैहुनुहुन्छ ।

पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ ।

जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा दुई मत देखिँदा यादव नयाँ सरकार निर्माणका लागि अग्रसर देखिएका छन् । यादवले अविश्वासको प्रस्तावका लागि देउवा अग्रसर भए तत्कालै १९ जना सांसद हस्ताक्षर गर्न तयार रहेको जनाकारी दिएको बुझिएको छ ।यसैगरी माओवादी अध्यक्ष दाहालले पनि रणनीति तय गर्न पार्टीको बैठक बोलाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय