आजदेखि आन्तरिक हवाई उडान बन्द

ज्योतिन्यूज – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज (सोमबार) मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ । अत्यावश्यक परेमा के गर्ने ?
अत्यावश्यक सेवा तथा काम लागि पास चाहिने छैन । निषेधाज्ञामा कडाइ गरिने भए पनि अत्यावश्यक सेवा तथा काम लागि भने नचाहिने भएको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले तोकिएका सेवाका लागि पास नचाहिने जनाएका हुन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा कुरुवा, मृत्यु संस्कारमा जानु पर्ने व्यक्तिको हकमा पास आवश्यक पर्ने छैन ।

तोकेका कार्यमा जाँदा कतै अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न सकिनेछ । तर, अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा भने सम्बन्धित जिल्ला प्रशासनबाट पास लिनुपर्नेछ ।

कोभिड १९ संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय