मुसिकोटमा थप १२ जनामा कोरोना पुष्टी

गोविन्द कंडेल, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीमा थप १२ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका १७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाँउ स्वास्थ्यचॏकी गरी दुइ ठाउँमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं. २,३,४,६ र ७ का गरी १२ जनामा कोरोना सक्रंमण पुष्टी भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

संक्रमितहरू मध्ये १ जना वडागाँउ स्वास्थ्यचॏकीमा कार्यरत स्वास्थ्यकर्मी, १ जना महिला स्वास्थ्य स्वयंसेविका, २ जना वडा नं. ६ का विद्यालयमा कार्यरत शिक्षक, १ जना वडा नं. ७ मा कार्यरत शिक्षिका रहेको वताइएको छ । त्यसै गरी १ जना केही दिन अगाडी भारतवाट आएका नागरिक हुन भने वाँकी सवै समुदाय स्तरका व्यक्तीहरू रहेको जि.सी.ले वताउनु भयो ।

उनिहरूमा ज्वरो, रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको जि.सी.ले बताउनुभयो ।

यसै विच मुसिकोट नगरपालिकामा कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी,स्वयंसेविका, व्यवसायी सहित समुदायमा व्यापक कोरोना संक्रमण देखिए पछी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पुर्ण वडा कार्यालयहरूमा वैशाख २५ गते सम्म अत्यावश्यक वाहेकका सम्पुर्ण सेवाहरू वन्द गरिएको नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले वताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय